जनताको स्वतन्त्रताका लागि प्राणको आहुति दिने व्यक्ति नै सच्चा शहीद प्रम देउवा
गोरखापत्र अनलाइन
माघ १६, २०७८ आइतवार
प्रधानमन्त्री शेरबहादुर देउवाले, देशको स्वाधीनता र जनताको स्वतन्त्रताका लागि प्राणको आहुति दिने व्यक्तिहरु नै सच्चा शहीद भएको बताउनु भएको छ ।
शहीद र शहीद परिवारको सपना पूरा गराउन सरकारले उहाँहरुको सम्मानमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको र ती कार्यक्रमहरुले निरन्तरता पाउने उहाँले बताउनुभयो ।
प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘देशलाई आर्थिक समृद्धिको बाटोमा लैजानुपर्छ । यसले शहीदकाे सपना पूरा हुन्छ । सरकारले...