logo
२०८१ मंसिर ९ आईतवार



२८ करोड राजश्व छली आरोपित उमाशंकर २५ हजार धरौटी बुझाएर रिहा

मुख्य समाचार |
समाज |


२८ करोड राजश्व छली आरोपित उमाशंकर २५ हजार धरौटी बुझाएर रिहा
रिहा भएपछि उमाशंकर । साथमा कानुन व्यवसायी राधिका खतिवडा । तस्बिर: राधिका खतिवडाको फेसबुकबाट


काठमाडौं, माघ १६ गते। २८ करोड राजश्व छली गरेको आरोपमा पक्राउ परेका उमाशंकर रायभर २५ हजार धरौटी बुझाएर आइतबार रिहा हुनुभएको छ। यसअघि उच्च अदालत पाटनले ७५ लाख धरौटी मागेपछि बुझाउन नसकेर थुनामा रहनुभएका रायभर आइतबार रिहा हुनुभएको हो। सर्वोच्च अदालतले शुक्रबार उहाँको धरौटी रकम घटाएर २५ हजार बनाइदिएको थियो।

सर्वोच्चका न्यायाधीश विश्वम्भर श्रेष्ठ र सपना प्रधान मल्लको इजलासले रायभरलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएपछि आइतबार प्रक्रिया पूरा गरेर उहाँ रिहा हुनुभएको हो।

रायभर २५ हजार धरौटी बुझाएपछि तारेखमा छुट्नु भएको हो। सर्लाहीका सरोजकुमार मिश्राले उहाँको नागरिकता दुरुपयोग गरेर कम्पनी खोलेर राजश्व छली गरेको खुलेपछि सर्वोच्च अदालतले धरौटी घटाएको हो।

रायभरको नाममा मिश्रले विभिन्न कम्पनीबाट १ अर्ब ४ करोड राजश्व ठगी गरेको भन्दै राजश्व अनुसन्धान विभागले उच्च अदालतमा मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा रायभरसमेत हुनुहुन्थ्याे । मिश्रले रायभरको नाममा संस्था खोलेर राजश्व छली गरेको पाइएको सर्वोच्चको फैसलामा उल्लेख गरेको छ। रायभरको आर्थिक र पारिवारिक अवस्था हेरेर सर्वोच्च अदालतले धरौटी घटाएर रिहा गरेको हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?