पुँजीगत खर्च प्रभावकारी बनाउन प्रमको निर्देशन
गोरखापत्र अनलाइन ,
आश्विन १०, २०७६ शुक्रबार
प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटमा व्यवस्था भएका कार्यक्रम कार्यान्वयनलाई तीव्रता दिन सम्बन्धित विभागीय मन्त्रीहरूलाई निर्देशन दिनुभएको छ । विभिन्न विभागीय मन्त्री तथा सचिवहरूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार आयोजित समीक्षा बैठकमा प्रधानमन्त्रीले पँुजीगत खर्चलाई प्रभावकारी परिचालन गर्न निर्देशन दिनुभएको हो ।