डीआइजीलाई एआइजीमा बढुवा गर्ने निर्णयविरुद्ध सुनुवाइ हुँदै
गोरखापत्र अनलाइन
चैत्र २२, २०७८ मंगलवार
नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षक (डीआइजी)लाई अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने निर्णयविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीश डा.कुमार चुडालको एकल इजलासमा एआइजीमा बढुवा गर्ने निर्णयविरुद्ध रिटको पेशी तोकिएको छ ।
यसअघि आइतबार र सोमबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले उक्त मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा राखेको थियो । एआइजीमा बढुवाविरुद्ध डीआइजीहरु ईश्वरबाबु...