लोपोन्मुख आदिवासी जनजातिलाई संरक्षण गरिने : प्रधानमन्त्री देउवा
गोरखापत्र अनलाइन
पुष २४, २०७८ शनिबार
प्रधानमन्त्री शेरबहादुर देउवाले बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाको विभिन्नस्थानमा छरिएरबसेको लोपोन्मुख आदिवासी जनजाति ‘सोनाहा’ लाई संरक्षण गरिने बताउनुभएको छ ।
बर्दियाको राजपुर तथा गेरुवा, कैलालीको चिसापानी र कञ्चनपुरको ऐरी लगायतका स्थानमा बसोवास गर्दै आएको सोनाहा जातिलाई लोपोन्मुख जातिमा सूचीकृत गर्न माग गर्दै, नेपाल सोनाहा संघर्ष समितिले शनिबार प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएको हो ।