लमजुङ कक्ष जोगियो, बगैँचा मासियो
देवबहादुर कुँवर
पुष २२, २०७८ बिहीबार
नारायणहिटी दरबारको मुख्य ढोका नजिकै लमजुुङ कक्ष (बैङ्केट हल) छ । यो कक्ष तत्कालीन राजपरिवारले विशिष्ट स्वदेशी तथा विदेशी पाहुनालाई भोज खुवाउन प्रयोग गरिन्थ्यो । सरकारले दरबारलाई सङ्ग्रहालयमा परिणत गरेपछि यस कक्षलाई यथास्थितिमै राखेर संरक्षण गर्ने निर्णय भयो, जुन निर्णय दरबारभित्रको संरचनालाई जीवन्त राख्ने एउटा महìवपूर्ण प्रयास थियो तर यही कक्षमा केही व्यक्तिले आँखा लगाए ।