महिलालाई राजनीतिक रुपमा सक्षम बनाउन सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री
रासस
मंसिर ९, २०७८ बिहीबार
प्रधानमन्त्री शेरबहादुर देउवाले लैङ्गिक उत्तरदायी शासन पद्धतिको विकास गर्दै महिलालाई आर्थिक, सामाजिक र राजनीतिकरुपमा सक्षम बनाउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले महिलाविरुद्ध हुने सबै खालका हिंसा अन्त्यका लागि राष्ट्रिय जागरण अभियानको आवश्यकता...