राप्रपाको राजनीतिक, आर्थिक र सामाजिक कार्यपत्र पारित
गोरखापत्र अनलाइन
मंसिर ९, २०७८ बिहीबार
राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य सम्पादन समितिले विभिन्न तीन वटा कार्यपत्र पारित गरेको छ । मङ्सिर १५, १६ र १७ गते काठमाडौँमा हुने एकता महाधिवेशनअघि तयार भएका राजनीतिक, सामाजिक र आर्थिक प्रतिवेदन बिहीबार पारित भएको पार्टी केन्द्रीय सचिवाले जनाएको छ ।