कुष्ठ रोगबारे जनचेतना वृद्धि गर्न आग्रह
गोरखापत्र अनलाइन
फाल्गुन २८, २०७८ शनिबार
उपराष्ट्रपति नन्दबहादुर पुनले कुष्ठ रोगप्रति समाजमा रहेको नकारात्मक धारणामा परिवर्तन गरी उपचार गरे यो रोग निको हुन्छ भन्ने जनचेतना वृद्धि गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । एसोसिएसन फर आइडिया नेपाल, द लेप्रोसी मिसन नेपाल र साउथ वेस्टन स्टेट कलेजको आयोजनामा शुक्रबार यहाँ आयोजित २४औँ अन्तर्राष्ट्रिय आत्मसम्मान तथा आदर दिवस, २०७८ समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले यस्तो विचार व्यक्त गर्नुभएको हो ।...