logo
२०८१ बैशाख ४ मंगलवार



देश र जनताका पक्षमा कलम चलाउन ओलीको आग्रह

प्रेस चौतारीको नेतृत्व चयन गर्दै शनिबार सकिने

मुख्य समाचार |
राजनीति |


देश र जनताका पक्षमा कलम चलाउन ओलीको आग्रह
चौतारीको महाधिवेशनलाई सम्बोधन गर्दै नेकपा (एमाले) अध्यक्ष केपी ओली। तस्बिर: रमेश पौडेल


रमेश पौडेल

पोखरा फागुन २७ गते। नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओलीले देश र जनताका पक्षमा कलम चलाउन पत्रकारलाई आग्रह गर्नुभएको छ। प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशनको पोखरामा शुक्रबार उद्घाटन गर्दै उहाँले प्रेस स्वतन्त्रतालाई पार्टीले पूर्ण रूपमा स्वीकार गरेको हुदाँ जनता र देशका पक्षमा फाइदा हुने गरी कलम चलाउन पत्रकारलाई सुझाव दिनुभएको हो।

पूर्वप्रधानमन्त्री समेत रहनु भएका ओलीले संविधानसभाबाट जारी भएको संविधानले प्रेस स्वतन्त्रता मात्र होइन, मानव अधिकारलाई पनि व्यवस्थित गरेको दाबी गर्नुभयो। उहाँले आफू सरकारमा हुँदा गरेका कामलाई सञ्चारमाध्यमले सही तरिकाले नलेखेको आरोप लगाउनुभयो। उहाँले भन्नुभयो, ‘धरहरा र रानीपोखरी बनाए पनि संचार माध्यमले सरकारको गरेको काम लेखेनन्।’

पूर्वप्रधानमन्त्री समेत रहनु भएका ओलीले संविधान बाहिर गएर प्रगतिशील सरकारलाई सर्वोच्चले ढाल्ने काम गरेको आरोपसमेत लगाउनु भयो। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले महाधिवेशनको शुभकामना दिँदै गण्डकी सरकार प्रेस मैत्री कानुन बनाउन लागेको बताउनुभयो।

यसैबीच प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन आजदेखि पोखरामा सुरु भएको छ। शानिबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। चौतारीको महाधिवेशनमा सहभागी हुन देशभरबाट एक हजार दुुई सय पत्रकार पोखरामा भेला भएका छन्। महाधिवेशनमा नौ सय प्रतिनिधिसँगै सल्लाहकार, मनोनितसहितका प्रतिनिधिको सहभागिता रहेको छ।

मधिवेशनले अध्यक्ष–एक, उपाध्यक्ष–चार महासचिव–एक, उपमहासचिव–तीन, सचिव–सात (भूगोल) र कोषाध्यक्ष– एकसहित १५१ सदस्यीय केन्द्रीय समिति चयन गर्ने छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?