बालकोटमा हाम्रो पार्टी समाप्त पार्ने षड्यन्त्र भयो : माधव नेपाल
गोरखापत्र अनलाइन
फाल्गुन १७, २०७८ मंगलवार
नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले बालकोटमा पार्टी समाप्त पार्ने षड्यन्त्र भएको दाबी गर्नुभएको छ। मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपालले यस्तो बताउनुभएको हो। ‘फागुन १ गते पूरै हाम्रो पार्टीविरुद्ध अस्तित्व समाप्त पार्ने षड्यन्त्र भइराखेको थियो’, उहाँले भन्नुभयो, ‘हामीलाई थाहा हुँदैन र बालकोटमा के के षड्यन्त्र भएको थियो ?’