दोस्रो मात्रा खोप लगाउनेको उल्लेख्य उपस्थिति (फोटो फिचर)
गोरखापत्र अनलाइन
जेष्ठ ७, २०७८ शुक्रबार
जेठ २ गतेबाट शुरु भएको दोस्रो चरणको खोप अभियान अन्तर्गत निषेधाज्ञाबीच पनि खोप केन्द्रहरुमा मानिसका भीड लाग्न थालेको छ ।
चीन सरकारले उपलब्ध गराएको भेरोसेल खोप जेठ २ गतेदेखि काठमाडौं, भक्तपुर, ललितपुर, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्लामा दोस्रो चरणको खोप दिन शुरु गरेको हो ।
पहिलो मात्रा खोप लगाएका दुई लाख ८८ हजार मानिसलाई दोस्रो मात्राको खोप लगाउन शुरु गरेकोे हो । दोस्रो मात्राको खोप ४० देखि ५९...