गोरखापत्र अनलाइन
काठमाडौं, जेठ ७ गते । जेठ २ गतेबाट शुरु भएको दोस्रो चरणको खोप अभियान अन्तर्गत निषेधाज्ञाबीच पनि खोप केन्द्रहरुमा मानिसका भीड लाग्न थालेको छ ।
चीन सरकारले उपलब्ध गराएको भेरोसेल खोप जेठ २ गतेदेखि काठमाडौं, भक्तपुर, ललितपुर, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्लामा दोस्रो चरणको खोप दिन शुरु गरेको हो ।
पहिलो मात्रा खोप लगाएका दुई लाख ८८ हजार मानिसलाई दोस्रो मात्राको खोप लगाउन शुरु गरेकोे हो । दोस्रो मात्राको खोप ४० देखि ५९ वर्षकालाई दिइएको भए पनि पहिलो मात्राको खोप १८ वर्षमाथिका व्यक्तिले पनि लगाउनुभएका कारण उहाँहरुले समेत दोस्रो मात्राको खोप लगाउनुभएको गौतमले बताउनुभयो ।
केही हप्ता अघि विश्व स्वास्थ्य संगठनले आपत्तकालीन प्रयोग अनुमति दिएको भेरोसेल खोप चीन सरकारले नेपाललाई आठ हजार मात्राको खोप अनुदानमा दिएको थियो ।
तस्बिर: केशब गुरूङ्ग / गोरखापत्र