नेपालमा कोभिड १९ को नयाँ भेरियन्ट फैलिएकाे पुष्टि, नयाँ धेरै संक्रामक
मुकुन्द गैरे
जेष्ठ ४, २०७८ मंगलवार
नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट पत्ता लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक अपील जारी गर्दै उक्त कुराको जानकारी गराएको हो ।
मन्त्रालयका अनुसार देशका विभिन्न भागबाट गत हप्ता संकलित ३५ नमुनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा जिन सिक्वन्सिङ गरी आज प्राप्त नतिजा अनुसार ९७ प्रतिशतमा ९३४ वटामा बी १६१७२ नयाँ भेरियन्ट र ३ प्रतिशतमा बी १६१७१ भेरियन्ट पुष्टि जानकारी दिएको छ ।