कोभिड संकट समाधानका लागि एकतावद्ध भएर अघि बढन आह्वान
गोरखापत्र अनलाइन
बैशाख ३१, २०७८ शुक्रबार
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड संकट समाधानका लागि एकतावद्ध भएर अघि बढन सबैलाई आह्वान गर्नुभएको छ ।
शुुक्रबार सपथग्रहण गरे लगत्तै सिंहदरवारस्थित मन्त्रालयमा पुुगेर पदभार ग्रहण गर्नु भएका उहाँले कोभिड संकटले जनतालाई प्रताडित तुल्याएको उल्लेख गर्दै ती समस्या समाधानमा केन्द्रित भएर लाग्न सबै राजनीतिक दल, नागरिक समाज, सामाजिक अभियन्ता, संघ, संस्था, उद्योगी व्यवसायी सबैलाई आग्रह गर्नु भयो ।