‘रेम्डेसिभिर’ ३२ हजार डोज आइपुग्यो, ४ हजार नाै सय मूल्य, सम्पर्क नम्बरसहित
गोरखापत्र अनलाइन
बैशाख २९, २०७८ बुधबार
कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको उपचारका लागि प्रयोग हुने औषधि ‘रेम्डेसिभिर’ बङ्गलादेशबाट थप ३२ हजार डोज नेपाल आइपुगेको छ ।
औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले मंगलबार बेलुका थप ३२ हजार डोज औषधि हिजो नेपाल आइपुगेको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभएको छ ।
पछिल्लो समय नेपालमा कोभिडका बिरामीको सङ्ख्या बढ्दै गएपछि ‘रेम्डेसिभिर’ औषधिको माग पनि बढ्दै गएको र सो माग अनुसार विभागले बंगलादेशबाट एक लाख...