logo
२०८१ असोज ६ आईतवार



बाँकेका अस्पतालमा थप १४ जना सङ्क्रमितको उपचारका क्रममा मृत्यु

फिचर |
पढ्नै पर्ने |


बाँकेका अस्पतालमा थप १४ जना सङ्क्रमितको उपचारका क्रममा मृत्यु


सिराज खान
नेपालगञ्ज, वैशाख २९ गते । कोरोना सङ्क्रमणबाट बाँकेका अस्पतालमा उपचारको क्रममा थप १४ जनाले ज्यान गुमाएका छन । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेले दिएको जानकारी अनुसार मङ्गलबार राती ८ बजेदेखि बुधबार बिहान १० बजेको अवधिमा नेपालगञ्जको भेरी अस्पतालमा ९ जना र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ५ जना गरि थप १४ जनाको मृत्यु भएको हो ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार मृत्यु हुनेहरुमा गुलरीया–९ बर्दियाका ४७ वर्षीया महिला, बनगाड कुपिण्डे–६ सल्यानका ५० वर्षीय पुरुष, नेपालगञ्ज–१६ बाँकेका ४९ वर्षीया महिला, नेपालगञ्ज–५ बाँकेका ४४ वर्षीय पुरुष, मधुबन नगरपालिका–६ बर्दियाका ५५ वर्षीय पुरुष र बढैयाताल गाँउपालिका बर्दियाका ६५ वर्षीय पुरुष, दाङ्ग तुल्सीपुरका ६६ वर्षीय पुरुष छन ।
उनीहरु सबैको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको फोकल पर्सन ओलीले बताउनुभयो ।
यसैगरी नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत घोडाघोडी–१ कैलालीका ६० वर्षीय पुरुष, कोहलपुर–२ बाँकेका ३० वर्षीया महिला, कोहलपुर–१० बाँकेका ४५ वर्षीया महिला, कोहलपुर–११ बाँकेका ४१ वर्षीय पुरुष र कोहलपुर–१४ बाँकेका ६४ वर्षीया महिला, बासगढी ९ बर्दियाका ६४ वर्षीय पुरुष र नेपालगञ्ज ७ का ६६ वर्षीय पुरुषको कोभिड संक्रमणका कारण मृत्यु भएको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?