जसपा ठाकुर महतो समूहको छलफल जारी, १९ सांसद सहभागी
गोरखापत्र अनलाइन
बैशाख ३०, २०७८ बिहीबार
जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षका १९ जना सांसदबीच भक्तपुरमा छलफल जारी छ ।
बहुमतको सरकार गठनको लागि दिइएको समय सकिन केही घण्टा बाँकी हुँदा आफ्नो सांसदलाई अयन्त्रबाट कुनै दवाव नरोस् भन्ने हेतुले अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोले आफ्नो १९ जना सांसदलाई छलफलका लागि भक्तपुरको एक रिसोर्टमा लग्नुभएको जसपाका एक नेताले केशव झा गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।