अक्सिजनसहितका अस्थायी अस्पताल बनाउँदै स्थानीय तह
रासस
बैशाख २६, २०७८ आईतवार
कोरोना सङ्क्रमण बढ्दै गएपछि बागलुङका स्थानीय तहले धमाधम अक्सिजनसहितका आइसोलेशन कक्ष र अस्थायी कोभिड अस्पताल तयार गर्न थालेका छन् । जिल्लामा दुई सयभन्दा धेरै सक्रिय सङ्क्रमित भएपछि स्थानीय तहले आफ्नो तयारी थालेका हुन् ।
धौलागिरि अस्पताल बागलुङमा पर्याप्त श्ययाको अभाव छ । बागलुङ नगरपालिका, ताराखोला गाउँपालिका, काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाले अस्थायी अस्पताल तथा आइसोलेशन कक्ष तयार गरेका हुन् । शुरुआतमा...