सातहजार डाेज‘रेम्डेसिभिर’आइपुग्याे, आजै वितरण, थप भाेलि ल्याइने
गोरखापत्र अनलाइन
बैशाख २१, २०७८ मंगलवार
कोरोनाभाइरस सङ्क्रमितको उपचारका लागि प्रयोग हुने औषधि ‘रेम्डेसिभिर’ बङ्गलादेशबाट नेपाल आइपुगेको छ ।
औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले हिजाे आइपुग्नु पर्ने सात हजार डोज औषधि आज नेपाल आइपुगेको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभएको छ । पछिल्लो समय कोभिडका बिरामी बढ्दै गएपछि ‘रेम्डेसिभिर’ औषधिको माग पनि बढ्दै गएको र सोही माग अनुसार बङ्गलादेशबाट सात हजार जोड औषधि नेपाल ल्याइएको उहाँले बताउनुभयो...