नारायणीकलीले छावा जन्माइन्, हात्तीसारमा खुसीयाली छायो
गोरखापत्र अनलाइन
बैशाख २०, २०७८ सोमबार
चितवन राष्ट्रिय निकुञ्जको सौराहा खोरसोरस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रको नारायणीकलीले सोमवार बिहान भाले छावा जन्माएको छ ।
सत्केरी नारायणीकली र छावाको स्वास्थ्य अवस्था राम्रो रहेको छ । हात्ती र छावाको स्याहार सुसारका लागि तीन जना कर्मचारी खटिएका छन् । छावाको तौल निकै राम्रो भएको र उचाई एक मिटर पाँच इन्च रहेको छ ।