कर्णाली प्रदेशका चार सांसद निलम्बन गर्ने एमालेको निर्णय
गोरखापत्र अनलाइन
बैशाख १२, २०७८ आईतवार
नेपाल कम्युनिष्ट पार्टी एमाले कर्णाली प्रदेश सभा संसदीय दलले चार जना सांसदलाई प्रदेश सभा सदस्य पदबाट हटाएको छ । नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको वैशाख १० गते बसेको बैठकको निर्णयको आधारमा आइतबार प्रदेश सभाका चार सदस्यहरु प्रकाश ज्वाला (सल्यान), अम्मर बहादुर बुढा (दैलेख), कुर्मराज शाही (कालीकोट), नन्दसिंह बुढा (डोल्पा) लाई पदमुक्त गरिएको एमाले प्रदेश सभा संसदीय दलद्धारा लिखित पत्रमा उल्लेख गरिएको छ ।