कोरोना उपचारका लागि गुर्जो उपयोगी, आयुर्वेदिक औषधिको माग बढ्दो
रासस
बैशाख १३, २०७८ सोमबार
नयाँ भेरियन्टसहितको कोरोनाको सङ्क्रमण फैलिएका बेला रोगबाट बच्न आयुर्वेदिक गुणयुक्त वनस्पति गुर्जोका परिकार सेवन गर्नेको सङ्ख्या बढ्न थालेको छ ।
कोरोना पोजेटिभ भएकाले पनि गुर्जोका परिकार सेवन गर्न थालेपछि रिपोर्ट नेगेटिभ आएको अनुभव सुनाएका छन् । ललितपुर महानगरपालिका–८ बालकुमारीका जनकमान जोशीलाई चार महिनाअघि कोरोना पोजेटिभ देखियो । युट्युव, पत्रपत्रिकालगायत सामाजिक सञ्जालमा समेत गुर्जोको चर्चा सुनेपछि धुलो...