तरकारी तथा फलफूलको मूल्य अकासियो, उत्पादन कम भएको दावी
गोरखापत्र अनलाइन
बैशाख ११, २०७८ शनिबार
लीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्य बढेको जनाएको छ । तरकारीको मूल्य करिब ६९ प्रतिशतले बढेको छ भने फलफूलको मूल्य ४१ प्रतिशतसम्म बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार तरकारी लगायत फलफूलको मूल्य थोक मूल्यमै बढेको हो ।