सगरमाथा आधारशिविर पुगेका आरोहीमा कोरोनाको आशंका, दलका अन्य सदस्य क्वारेन्टाइनमा
गोरखापत्र अनलाइन
बैशाख ८, २०७८ बुधबार
सगरमाथा आधार शिविरमा (पाँच हजार ३६४ मिटर) पुगेका एक आरोहीमा कोरोना सङ्क्रमण भएको आशंका गरिएको छ ।
छ दिन अघि आधार शिविरमा सिकिस्त बिरामी भएपछि काठमाडौं ल्याइएका नर्वेका आरोहीको स्वाव परीक्षण गर्ने क्रममा कोरोना भएको आशङ्का गरिएको आधार शिविरमा स्थापना गरिएको हिमालयन रेस्क्यु एशोसिएसनको हेल्थ क्याम्पमा कार्यरत डाक्टर सुरज श्रेष्ठले बताउनुभयो ।