हिल्सामा दुई फिट हिमपात, तापक्रम माइनसमा झर्याे
गोरखापत्र अनलाइन
बैशाख ८, २०७८ बुधबार
नेपाल र चीनको सिमाना हिल्सामा मंगलबार रातीदेखि हिमपात भएको छ । हिमपात भएपछि तापक्रम माइनस पुगेर चिसो निक्कै बढेको हो ।
बुधबार राती एक वजेबाट सुरु भएको हिमपात अहिले पनि जारी रहेको हिल्साका होटेल व्यवसायी पाल्जोर लामाले बताउनुभयो । सुरुमा पानी भएको हिमपात भए पनि पछि हिउँ मात्र पर्न सुरु भएपछि हिल्साको जमिन सेताम्मे भएको उहाँले बताउनुभयो । हिल्सामा रहनु भएकी लामासँग चिनीयाँ सिममा सम्पर्क भएको हो ।