जङ्गल बनेको जमिनमा कृषि फार्म, गाउँ नछाडौं, शहर जोडौं अभियान
गोरखापत्र अनलाइन
बैशाख ४, २०७८ शनिबार
जङ्गलको बीचमा एउटा आकर्षक घर निर्माण छ । काठ र च्यादरले बनेको आधुनिकउक्त घरलाई जो कोही सवारी साधन रोकेर केहीबेर हेर्ने गर्छन् ।
उदयपुरको छिमेकी जल्ला खोटाङको बाराहा पोखरी गाउँपालिका वडा नं. २ सुन्तलेको हर्रेचुङ डाँडामा एउटा जङ्गलबीचमा यस्तो घर निर्मित छ । उदयपुरको सदरमुकाम गाईघाटदेखि धाप्लाङ हुदै डेड÷दुई घण्टामै पुगिने उक्त ठाउँ अहिले सबैको चासोको केन्द्र बनेको छ ।