रानीमहल: रङ फेरियो तर अवस्था फेरिएन
रासस
बैशाख ५, २०७८ आईतवार
काठमाडाैँको सामाखुशीकी शकुन्तला ढकाललाई पाल्पाको रानीमहल हेर्ने वर्षौंदेखिको धोको थियो । प्रेमको प्रतीक मानिने रानीमहल साँच्चिकै सुन्दर र आकर्षक होला भन्ने अपेक्षा लिएर रानीमहल हेर्न पुगेकी ढकाल त्यहाँ पुग्दा भने खिन्न हुनुभयो । उहाँको कल्पनामा जस्तो थियो, वास्तविक त्यस्तो थिएन रानीमहल ।
“मैले त राजाले बनाएको दरबार अत्यन्तै आकर्षक होला भन्ने सोचेकी थिएँ तर यहाँ आउँदा त एउटा रित्तो भवन मात्रै रहेछ”, ढकालले भन्नुभयो,...