निगुरो बेचेर मासिक डेढ लाख आम्दानी गर्दैँ विष्णुमाया
गोरखापत्र अनलाइन
बैशाख ३, २०७८ शुक्रबार
तनहुँको ऋषिङ गाउँपालिका ३ गोमनताल निवासी ६२ वर्षीय विष्णुमाया थापा दुई महिना निउरो बेचेर वर्षभरीको लागि चाहिने खर्चको जोहो गर्दै आउनु भएको छ ।
लामो समय अघिदेखि सदरमुकाम दमौलीमा निगुरो बेचेर घरायसी खर्च नुनतेल लगायतका खाद्यान्न र कपडा एवं दशै तिहारको लागि दक्षिणा रकमको जोहो गर्दैँ आएको घुम्तीमाया बताउनुहुन्छ ।
‘‘उत्पादनको लागि लगानी गर्नु नपर्ने, पसिना बगाउन नपर्ने र आम्दानी पनि राम्रो हुने गरेकोले २० वर्ष अघ...