काम अन्तिम चरणमा, वैशाख दोस्रो साता सुरुङमा पानी हालिने
गोरखापत्र अनलाइन
चैत्र २५, २०७७ बुधबार
स्वदेशी लगानीमा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । बाँध, सुरुङ, प्रसारण लाइन, सबस्टेसनलगायतका संरचनाका सिभिल र मेकानिकलतर्फका सानातिना काम भइरहेको छ ।