logo
२०८१ माघ ९ बुधवार



सरकारले काम नदिएको होइन, संसद्ले काम गर्न नसकेको हो : पण्डित

पढ्नै पर्ने |


सरकारले काम नदिएको होइन, संसद्ले काम गर्न नसकेको हो : पण्डित
तस्बिर: सुजन गुरूङ्ग


गाेरखापत्र अनलाइन
काठमाडौं, चैत २६ गते । पूर्वमन्त्री तथा सांसद लालबाबु पण्डितले सातौँ अधिवेशनले एउटा पनि विधेयक पास गर्छ कि गर्दैन भनेर प्रश्न गर्नुभएकाे छ  । बिहीबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पण्डितले यस्तो प्रश्न गर्नुभएकाे हाे । 
‘यो सातौँ अधिवेशनले एउटा पनि विधेयक पास गर्छ कि गर्दैन ? यो विधेयक अधिवेशन हो तर यसले एउटा पनि विधेयक पास गर्छ कि गर्दैन भनेर जनताले हेरिरहेका छन्, संसदमा अहिले ६५ वटा विधेयक छन्, यी सबै महत्वपूर्ण विधेयक हुन् । सन्धि सम्झौताहरु अनुमोदनको निम्ति पर्खिरहेको छ,’ उहाँले भन्नुभयाे ।
त्यस्तै संसदमा काम छैन भन्नेहरूलाई विधेयक शाखामा गएर हेर्न पण्डितले सुझाव छ। संसदलाई सरकारले काम दिएन भन्नु एकतर्फी कुरा भएको पनि उहाँको दाबी छ ।
‘संसद्ले काम नपाएको भन्ने, सरकारले काम नदिएको भन्ने ? संसद्ले काम नपाएको होइन, संसद्ले काम गर्न नसकेको हो । यदि जानकारीको अभाव हो भने विधेयक शाखाबाट रिपोर्ट लिन सक्नुहुन्छ,’ उनले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?