गाउँमा विद्युत् नहुँदा मोबाइल चार्ज गर्न बजार जानुपर्छ
गोरखापत्र अनलाइन
चैत्र ५, २०७७ बिहीबार
‘गाउँपालिका नजिकै ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत गृह छ तर, गाउँमा विद्युत् नहुँदा मोबाइल चार्ज गर्न गोकुलश्वर बजार जानुपर्ने पीडा कस्ले बुझ्दिने ?’
यो भनाई बैतडीको डिलासैनी गाउँपालिकाका–६, ने गाउँका युवा आशिष मालको हो । गाउँमा बिजुलीको माग गरे पनि विद्युत विस्तारका लागि ल्याईएका पोल त्यत्तिकै अलपत्र छोडिएको उहाँले बताउनुभयो ।