प्रतिसेकेन्ड २६० लिटर पठाइँदै, १२ किलोमिटर पार, अझै एक हप्ता लाग्ने
मुकुन्द गैरे
फाल्गुन १८, २०७७ मंगलवार
सिन्धुपाल्चोकको मेलम्ची नदीदेखि काठमाडौंको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भरिन अझँै एक हप्ता समय लाग्ने भएको छ ।
हाल १२ किलोमिटर सुरुङमा पानी भरिसकेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्रीले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । यही फागुन २६ गते भित्र पानी सुन्दरीजलमा आइपुग्नेछ ।
मेलम्ची खानेपानीको परीक्षणका क्रममा सुन्दरीजलस्थित महाँकालमा रहेको सुरुङभित्रको ढोका बन्द गरेर...