logo
२०८१ माघ ११ शुक्रवार



विप्लब समुहसँग दोस्रो चरणको वार्ता सकियो, दुबै पक्ष समान धारणा नजिक

पढ्नै पर्ने |


विप्लब समुहसँग दोस्रो चरणको वार्ता सकियो, दुबै पक्ष समान धारणा नजिक


मुकुन्द गैरे
काठमाडौं, फागुन १९ गते । नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव)ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच दोस्रो चरणको वार्ता अहिले साँझ सम्पन्न भएको छ । दोस्रो चरणको वार्ता बिषय केन्द्रीत रहेको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराइले ट्वीटरमार्फत जानकारी गराउनु भएको छ ।

दुबै पक्ष समान धारणा नजीक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको बताइएको छ । यस विषयमा आज विहान पनि वार्ताका विषयमा बिहान पहिलो चरणको वार्ता भएको थियो । सरकारले हिजो गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो । त्यस्तै नेकपा विप्लव समूहले पनि हिजै वार्ता टोली गठन गरेको थियो ।

 

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?