विधि, पद्धति र प्रक्रियाअनुसार हटाए मलाई मान्य हुन्छः प्रधानमन्त्री ओली
गोरखापत्र अनलाइन
फाल्गुन १७, २०७७ सोमबार
प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले विधि, पद्धति र प्रक्रियाअनुसार आफूलाई हटाए ‘मान्ने हुने’ बताउनुभएको छ ।
नेकपा गण्डकी स्तरीय कार्यकर्ता भेलालाई सोमबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले त्यस्तो बताउनुभयो । प्रचण्ड–माधवले शुरुदेखि छलछामको काम मात्र गरेको उहाँले चर्चा गर्नुभयो । पार्टीभित्र गुटबन्दी कायम गर्दै पार्टीभित्र अराजकता मच्चाउने काम सो समूहले गरेको...