अचारबाट आत्मनिर्भर बन्दै महिला
गोरखापत्र अनलाइन
फाल्गुन १०, २०७७ सोमबार
शारदा नगरपालिका २ सल्यान खलंगाका महिला आयमुलक काममा व्यस्त हुन थालेका छन् । घरव्यवहारबाट बचेको समयलाई सदुपयोग गरी अचार उद्योगमा लागेका उनीहरुले मनग्य आम्दानी गरिरहेका छन् । स्थानीयस्तरमा उत्पादन भएका टिमुर, अदुवा, हलेदो, लसुन, मेथीदाना, आपँ, कागती, काँक्रो, खुर्सानी लगायतको अचार तयार पार्छन । स्थानीय विमला राईले गाउँमै भएका कच्चा समाग्रीको प्रयोग गरी उत्पादित अचारले राम्रो बजार पाएको छ ।