देश, जनता, सुशासन र विकास नै सरकारको मूलमन्त्रः प्रधानमन्त्री ओली
गोरखापत्र अनलाइन
फाल्गुन ८, २०७७ शनिबार
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा अोलीले देश, जनता, सुशासन र विकासलाई मूलमन्त्र मानेर आफू नेतृत्वको सरकारले काम गरिरहेको बताउनुभएको छ ।
नेकपाद्वारा शनिबार विराटनगरमा आयोजित बृहद् कार्यकर्ता भेलामा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री अोलीले सो कुरा बताउनुभयो । हाम्रो लक्ष्य र मूल उद्देश्य देश, जनता, लोकतन्त्र, सुशासन र विकास हो उहाँले भन्नुभयो । देश बनाउने अभियानमा आफू नेतृत्वको...