सोलारप्लान्ट निर्माण अन्तिम चरणमा, पाँच मेगावाट उत्पादन हुँदै
गोरखापत्र अनलाइन
माघ ३०, २०७७ शुक्रबार
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा सोलारबाट चाँडै नै पाँच मेगावाट विद्युत उत्पादन हुने भएको छ । सोलार फार्म प्रालिले नेपालमा नै पहिलो पटक सोलारबाट विद्युत उत्पादनका लागि अनुमति लिएको र काम अन्तिम चरणमा पुगेको छ ।
पुर्वाधारको काम अन्तिम चरणमा पुगेकोले तीन महिना भित्र विजुली उत्पादन गर्ने गरी तयारी भईरहेको प्रालिका निर्देशक मनकारीले गुरुङले जानकारी दिनुभयो । ‘‘कोरोना भाईरसको सङक्रमणको कारणले अवरोध...