दाङका दुई जना संक्रमित पुरुषको उपचारका क्रममा बाँकेमा मृत्यु
गोरखापत्र अनलाइन
मंसिर ७, २०७७ आईतवार
उपचारका लागि दाङबाट बाँके ल्याइएका थप दुईजना कोरोना संक्रमित पुरुषको उपचारकै क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुर शिक्षण अस्पतालमा मृत्यु भएको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार घोराही उपमहानगरपालिका वडा नम्बर ९, बनगाउँ दाङका ६७ बर्षिय कोरोना संक्रमित पुरुषको गएराती र दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९, बेलुवाका ६८ बर्षिय पुरुषको आइतवार विहान मृत्यु भएको हो ।