डा. बालकुमार श्रेष्ठको कोरोना अनुभवः ‘कोरोनालाई खेलाचीँ नसम्झौं, सतर्क, सुरक्षित र स्वस्थ रहौँ’
गोरखापत्र अनलाइन
मंसिर ४, २०७७ बिहीबार
कोरोनालाई खेलाँची सम्झँदा ज्यानै जान सक्ने कोरानाबाट सङ्क्रमित भई लामो समय सम्मको सङ्घर्ष पछि विजय पाउनेको अनुभव छ । कोरोना भाईरसबाट सङ्क्रमित हुनु भएका भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा. बालकुमार श्रेष्ठले ४० दिनसम्मको लडाई पछि मात्रै कोरोनाबाट हालै मुक्त हुनु भएको छ ।
‘यो कोरोना रूपि शत्रुलार्ई परास्त गर्न सफल भएँ महाभारतको युद्ध भन्दा पनि लामो भो ’ डा. श्रेष्ठले भन्नुभयो । ५० दिन सम्म...