सङ्घीय संसदको दुवै सदनमा आज शोक प्रस्ताव पारित हुने
गोरखापत्र अनलाइन
असार १७, २०७७ बुधबार
सङ्घीय संसद (राष्ट्रिय सभा र प्रतिनिधिसभा) को दुवै सदनमा आज शोक प्रस्ताव पारित भई बैठक स्थगित हुने संसद सचिवालयले जानकारी गराएको छ । सङ्घीय संसदका महासचिव डा. भरतराज गौतमकाअनुसार काँग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको बुधबार बिहान निधन भएकाले बैठकमा शोक प्रस्ताव पारित भई बैठक स्थगित हुनेछ ।
काँग्रेसले सांसद छन्त्यालको निधनको जानकारीसहितको पत्र संसद सचिवालयमा उपलब्ध गराइसकेको उहाँले बताउनुभयो । ‘दउँसो १ बजे बस्ने...