पहिरो गाउँ पस्दा चार परिवारका सात जना बेपत्ता, १८ घर बगे
गोरखापत्र अनलाइन ,
असार २०, २०७७ शनिबार
बझाङ, असार २० गते । जिल्लाको केदारस्यूँ गाउँपालिका-८ मल्लेसमा पहिरो गाउँमा पस्दा चार परिवारका सात जना बेपत्ता भएका छन् भने १८ घर पहिरोले बगेका छन् । गएराति अविरल वर्षासँगै गाउँको माथिबाट पहिरो झरेपछि घटना भएको हो ।
राति एक बजेतिर माटोसँगै ढुङ्गा बगाएर ल्याउन थालेपछि गाउँलेहरूको भागाभाग भएको थियो । स्थानीय सुरेश जेठाराले भन्नुभयो, 'पहिरोमा परेर चार परिवारका सात जना बेपत्ता छन् ।' उहाँका अनुसार पहिरोमा परी बेपत्ता...