कर्णालीमा थप ५२ जना कोरोना सङ्क्रमण
गोरखापत्र अनलाइन
जेष्ठ ३२, २०७७ आईतवार
कर्णाली प्रदेशमा थप ५२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । योसँगै कर्णाली प्रदेशमा कोरोना सङक्रमितको सङ्ख्या ९६७ पुगेको छ ।
सामाजिक विकास मन्त्रालयअन्तर्गत जनस्वास्थ्य सेवा महाशाखाका अनुसार प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोेगशाला, सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको परीक्षणमा ३७ जना दैलेखका र १५ जना सुर्खेतका व्यक्तिमा काेराेना सङ्क्रमण पुष्टि भएकाे हाे ।