कोरोना जित्ने बढे, सैनामैनाबाट १७ जना डिस्चार्ज
गोरखापत्र अनलाइन
असार ४, २०७७ बिहीबार
कोरोनालाई जितेर घर फर्किनेहरूको सङ्ख्या निरन्तर बढिरहेको छ । पछिल्लो पटक बिहीबार रुपन्देहीको सैनामैना नगरपालिकाको आइसाेलेसनमा रहेका १७ जनाले कोरोना भाइरसको सङ्क्रमणलाई जितेका छन् ।
नगरपािलकाका स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थीका अनुसार पछिल्लो परीक्षण नेगेटिभ नतिजा आएपछि उनीहरूलाई डिस्चार्ज गरिएको हो । सैनामैनाले आइसाेलेसनमा १७ दिन बसालेर अबको एक हप्ता घरमा सामाजिक दूरीसहित बस्ने शर्तमा उनीहरूलाई डिस्चार्ज...