‘दुई महिना थेग्यौँ, अब कसरी थेक्न सकिएला सरकार !’
गोरखापत्र अनलाइन
जेष्ठ १४, २०७७ बुधबार
कोरोना महामारी रोक्न गरिएको लकडाउनले सार्वजनिक यातायात क्षेत्र सबैभन्दा बढी प्रभावित भएको व्यवसायीहरूले बताएका छन् ।
‘यातायात क्षेत्रमा १० लाख प्रत्यक्ष निर्भर छन् । त्यसमध्ये ६५ प्रतिशत अर्थात् छ लाख ५० हजार स्वराजेगार छन् भने बाँकी ३५ प्रतिशत अर्थात् तीन लाख ५० हजार मजदुर श्रमिकका रूपमा कार्यरत छन्’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले भन्नुभयो, ‘दुई महिनासम्म कोरोनाको...