वादी समुदायका महिलालाई कोरोनाभन्दा भोकको चिन्ता
रासस
जेष्ठ १३, २०७७ मंगलवार
कैलालीको बर्दगोरिया गाउँपालिकामा–२ मुढामा रहेका वादी समुदायका महिलाले कोरोनाको महामारीमा पनि कोरोनाभन्दा भोकले मर्नुपर्ने अवस्था आएको बताएका छन् । “हामीसँग कुनै काम छैन, पहिलाजस्तो देह व्यापार पनि सबैले गर्दैनन्, गाउँपालिकाले दिएको १५ किलो चामल सकिएको धेरै भयो, हामी भोकले मर्नुपर्ने अवस्थामा आइसकेका छौँ”, वादी समुदायमा बस्दै आउनुभएकी यमुना वादीले भन्नुभयो, “हामीले हाम्रा लागि सरकार छ भनेर कसरी सोच्ने १५ किलो...