‘नेपालमा कोरोना भाइरसको प्रकोप छैन’
रासस
माघ १८, २०७६ शनिबार
सरकारले चीनमा फेला परेको नोभेल कोरोना भाइरस प्रकोपको नेपालमा कुनै किसिमको जोखिम नरहेको स्पष्ट पारेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कोरोना भाइरस प्रकोपको नेपालमा उच्च जोखिम नरहेको तर उच्च सतर्कता अपनाउन सरकारले सबै संयन्त्रको प्रभावकारी परिचालन गरेको बताउनुभयो ।