गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ १५ गते । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र (अस्पताल)लाई ‘प्रतिष्ठान’को रुपमा विकास गर्न आफू सकारात्मक रहेको बताउनुभएको छ ।
अमर शहीद गंगालाल श्रेष्ठको सम्मानमा २०५२ सालमा स्थापना भएको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको २४ औं बार्षिकोत्सव समारोहलाई बुधवार सम्बोधन गर्दै उहाँले राष्ट्रिय हृदय केन्द्रलाई समायानुकल परिवर्तन र परिमार्जनको आवश्यकता आंैल्याउनुभयो ।
‘अस्पतालबाट उपलब्ध हुने स्वास्थ्य उपचार सम्वन्धी सेवासुविधालाई थप बैज्ञानिक, व्यवस्थित, सहज, सर्वशुलभ र प्रभावकारी कसरी बनाउन सकिन्छ यस विषयमा स्पष्ट खाका लिएर आउनुहोस् आवश्यक सहयोग गर्न तयार छु’ उहाँले भन्नुभयो ।
अस्पतालका कार्यकायरी निर्देशक डा. चन्द्रमणि अधिकारीले प्रस्तुत गर्नुभएको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको वार्षिक प्रतिवदेनका विषयमा चर्चा गर्दै उहाँले यथास्थिति अवस्थामा भन्दा अलि फरक ढंगले सञ्चालन गर्ने विषयमा आफू सकारात्मक रहेको बताउनुभयो ।
मुटु रोगबाट प्रताडित दुःखी गरिव नेपाली जनताले स्वदेशमै सस्तो, शुलभ मूल्यमा स्तरीय उपचार सेवा पाउन भन्ने उद्देश्य अनुरुप अस्पताल स्थापना गरिएको स्मरण गराउँदै उहाँले अस्पताललाई प्रतिष्ठानमा प्रतिस्थापन गर्न लिखित रुपमा प्रस्तुत हुन सल्लाह दिनुभयो ।
स्वास्थ्य तथा जनसंख्या सचिव खगराज बरालले सर्वसाधारणलाई उत्कृष्ठ सेवा दिइरहेका अस्पतालहरूलाई प्रतिष्ठानमा परिवर्तन गर्दा आर्थिक भारसंगै सेवा र प्रष्ठिामा आँच आउनसक्नेमा शंका गर्नुभयो ।
थापाथलीस्थित प्रसूति र कान्तिवाल लगायतका अस्पतालहरूले प्रतिष्ठानको माग गरिरहेको जानकारी दिदैं उहाँले स्वास्थ्य उपचार सेवामा उत्कृष्ठ र आत्मनिर्भर बन्दै गएका अस्पतालहरूलाई प्रतिष्ठान भन्दा सेवालाई सहज र थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो ।
सो अवसरमा काठमाडौंँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरवासीको स्वास्थ्य उपचार सहकार्य अभियान अन्तरगत शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई तीन करोड सहयोग प्रदान गर्नु भएको थियो ।
यसअघि कान्तिवाल अस्पताल, छाउनीस्थित बीरेन्द्र सैनिक अस्पताल र एम्बुलेन्स सेवा केन्द्रलाई पनि आर्थिक सहयोग प्रदान गरिसकेको छ । काठमाडौँ महानगरपालिकाबाट प्राप्त सहयोगबाट अस्पतालहरूले अक्सिजन प्लाण्ट निर्माण लगायत उपचार सेवामा खर्च गर्न सक्ने छन् ।
कार्यकारी निर्देशक डा.चन्द्रमणि अधिकारीले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र मुटुरोग निदान, उपचार तथा पुनस्र्थापना, उच्चस्तरीय उपचार सेवा, मुटुरोग सम्वन्धी अध्ययन, अनुसन्धान र दक्षजनशक्ति उत्पादनमा अन्तर्राष्ट्रिय जगतमा परिचित अस्पतालका रहेको बताउनुभयो ।
उहाँले सन् २०१९ मा अस्पतालले बहिरंग सेवा तर्फ एकलाख ६१ हजार र अन्तरंग सेवा अन्तरगत १२ हजार पाँसचय विरामीलाई सेवा प्रदान गरेको जानकारी दिनुभयो । त्यस्तैं, मुटु रोग सम्वन्धी एकहजार चारसय ७३ जनाको विभिन्न किसिमको सल्यक्रिया गरिएको जनाइएको छ ।