गोकर्ण रिसोर्टको सम्झौता नवीकरण विगतदेखिकै प्रक्रियाका आधारमा : उपप्रधानमन्त्री
गोरखापत्र अनलाइन ,
पुष १०, २०७६ बिहीबार
उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले गोकर्ण फरेष्ट रिसोर्टसँग विगतका सरकारदेखि शुरु भएको कानूनी प्रक्रियाका आधारमा भाडा सम्झौता भएको संसद्लाई अवगत गराउनुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा उठेका विषयबारे वक्तव्य दिँदै उपप्रधानमन्त्री पोखरेलले बाहिर बहसमा ल्याइएजस्तो उक्त सम्झौताको नवीकरण सस्तो मूल्यमा नभई बजार मूल्य र राज्यलाई थप लाभ हुने गरी भएको जिकिर गर्नुभएको छ ।