सङ्घीयतालाई स्थापित गर्न सबैको सहयोग आवश्यक : मुख्यमन्त्री पौडेल
रासस
पुष ८, २०७६ मंगलवार
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सङ्घीयतालाई स्थापित गर्न सबैको ध्यान जान आवश्यक रहेको बताउनुभएको छ । उहाँले सबैले परिवर्तनलाई आत्मसात् गर्नुपर्ने उल्लेख गर्नुभयो ।
आज गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलगायतको टोलीसँगको भेटमा मुख्यमन्त्री पौडेलले सबै प्रदेशको जोड परम्परागत शैली परिवर्तन गरी नयाँ र परिणाममुखी शैली अवलम्बन गर्नेतर्फ हुनुपर्ने धारणा राख्नुभयो ।